Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts
Wednesday, 6 May 2020
Tuesday, 28 April 2020
यसरी ठग्छ भाटभटीनीले
दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ ।
लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।
Sunday, 26 April 2020
कसले गरे कति सहयोग ? काेराेना कोषमा २ अर्ब १३ करोड जम्मा,
'
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउन उद्देश्यले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयाेग गर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । हालसम्म (शुक्रबार अपराह्न) काेषमा दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी रहेकाे उनले बताए ।
उक्त विवरण अनुसार अम्बे स्टिलले रु २५ लाख, सगरमाथा इन्स्याेरेन्स कम्पनीले रु १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले रु पाँच लाख कोषमा जम्मा गरेका छन् । यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले रु एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले रु एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले रु एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले रु एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन् ।
त्यस्तै, नाम नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको रु ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो । कोषको खाता नम्बर १९६०००००११०१ रहेकाे छ । सरकारले कोषमा सङ्कलन भएको रकम काेराेना रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छ ।
काेराेना काेषमा सहयाेग गर्ने केही संस्था तथा व्यक्तिकाे विवरण तल उल्लेख गरिएकाे छ :
नाम सहयाेग रकम
पूर्वराजा ज्ञानेन्द्र शाह २ करोड
राष्ट्रपति विद्यादेवी भण्डारी २ महिनाकाे तलव
प्रधानमन्त्री केपी शर्मा ओली १ महिनाकाे तलव
सभामुख अग्निप्रसाद सापकोटा १ महिनाकाे तलव
राष्ट्रिय वाणिज्य बैंक एक करोड ५० लाख
ग्लोबल आइएमइ बैंक एक करोड १५ लाख
नेपाल आयल निगम ५० करोड
नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड
नेपाल दूर सञ्चार कम्पनी १२ करोड
नेपाल धितोपत्र बोर्ड ३ कराेड
निक्षेप तथा कर्जा सुरक्षण कोष ३ कराेड
नेपाल स्टक एक्चेन्ज ३ करोड ५१ लाख
बीमा समिति ५ कराेड
राष्ट्रिय बीमा संस्थान १ कराेड
कर्मचारी सञ्चय कोष ५ कराेड
कृषि विकास बैंक १ करोड ६० लाख
बैंक अफ काठमाडौं १ करोड ५ लाख ५० हजार
नागरिक लगानी कोष २ करोड
सेञ्चुरी बैंक ८५ लाख
सिटिजन्स बैंक ५० लाख
सिभिल बैंक ७८ लाख ५ हजार
सिडिएस एण्ड क्लियरिङ लिमिटेड ३५ लाख
हिमालयन बैंक १ करोड २५ लाख
लक्ष्मी बैंक १ कराेड
माछापुच्छ्रे बैंक १ करोड ६ लाख
एनसिसी बैंक १ कराेड
नेपाल बंगलादेश बैंक १ करोड ४५ लाख
एनएमबि बैंक १ करोड ५१ लाख
नेपाल एसबिआई बैंक १ कराेड
नेपाल इन्भेस्टमेन्ट बैंक १ कराेड
प्रभु बैंक १ कराेड १ लाख
कुमारी बैंक ७० लाख
मेगा बैंक १ करोड ३५ लाख
नेपाल बैंक १ कराेड ३५ लाख
प्राइम बैंक १ कराेड करोड ७५ लाख
सानिमा बैंक १ कराेड करोड ६८ लाख
सिद्धार्थ बैंक ८५ लाख
आईएमई लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
रिलायन्स लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
नेशनल लाईफ इन्स्योरेन्स ५१ लाख
नेपाल लाइफ इन्स्योरेन्स १ कराेड
सिटिजन लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
कोरोना भाइरस संक्रमणबाट पुरुष भन्दा महिला धेरै सुरक्षित
कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् | अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ | एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ |
- महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ भने अर्को y – क्रोमोजम हुन्छ | महिलामा हुने त्यो अतिरिक्त x – क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्छ |
- पुरुषमा हुने सेक्स हर्मोन Testestorone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरल संक्रमण रोक्न प्रभावकारी हुन्छ |
- पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुन्छ |
- त्यस्तै महिला र पुरुषको आन्द्रा र भुँडीमा हुने जीवाणु फरक हुन्छन् | महिलाको आन्द्राभुँडीमा हुने माइक्रो अर्गानिजमले रोगबाट थप सुरक्षा दिन्छ |
- महिलालाई भन्दा पुरुषलाई मुटुको रोग धेरै हुन्छ | मुटुको रोग कोरोना संक्रमणम सबैभन्दा जोखिम मानिन्छ |
- महिलाले जस्तो पुरुषले आफ्नो ख्याल गर्दैनन् जसले गर्दा कुनै पनि रोग निको हुन पुरुषलाई बढी समय लाग्छ |
- महिलाभन्दा पुरुषहरु जोखिम ब्यबहार गर्छन् जस्तै : चुरोट खाने, रक्सी पिउने, ड्रग खाने, डिस्को, बार, क्यासिनो जाने तथा घर बाहिरको बाताबरणमा धेरै सहभागी हुने गर्दछन |
सरकारले तोक्यो पसल खोल्ने समय तालिका
काठमाडौं १४ वैशाख ; सरकारले लक्डाउनको समयमा काठमाडौँ महानगरपालिका भित्रका बजार क्षेत्र लाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले थपेको पाँचौं पटकको लकडाउन वैशाख २५ गते सम्मका लागि बजारमा किनमेल गर्न पसल खोल्ने समय तोकेको हो।
गत चैत ११ गते देखि देशमा जारी लकडाउन पाँचौ पटक भोलि देखि बैशाख २५ सम्मका लागि लम्बिएको छ।
एसईई परिक्षा बारे यस्तो निर्णय
काठमाडौं : सरकारले आज माध्यामिक परिक्षा एसईई परिक्षा लकडाउन सकिएको २ सातापछि गराउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविध मन्त्रालयले लकडाउन सकिएर कोरोना भाइरसका कारण लकडाउन सकिएको २ सातापछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी शुरु गरेको हो ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिए ।
बैशाख २५ गते सम्म लम्बियो लकडाउन..
काठमाडौँ, १४ वैशाख / सरकारले कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार (वैशाख १५) मा सकिन लागेको थियो ।
मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आजै मात्र वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५१ पुगेको छ ।
कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ ।
नेपालले पनि यिनै कुरालाई ध्यानमा राखी गत चैत ११ गतेबाट सुरु गरिएको लकडाउन पटकपटक बढाउँदै लगेको हो ।
Subscribe to:
Posts (Atom)


/


