Saturday, 7 October 2017
५ बिमा कम्पनीको १ वर्षभित्र २ अर्ब ८० करोडको आइपीओ आउँदै
काठमाडौं : चालु आर्थिक वर्ष (२०७४।७५) मा ५ वटा नयाँ जीवन बिमा कम्पनीले कारोबार सुरु गरेका छन् । कुल १० वटा नयाँ जीवन बिमा कम्पनीले सञ्चालन अनुमति पाएकामा दसैंअघि नै ५ वटा जीवन बिमा कम्पनीले औपचारिकरुपमा कारोबार सञ्चालन गरेका हुन् । आइएमई लाइफले सबैभन्दा पहिला कारोबार सुरु गरेको हो भने रिलायबल, सन नेपाल, युनियन र ज्योति लाइफ इन्सुरेन्सले पनि कारोबार सुरु गरिसकेका छन् । अब यी कम्पनीले एक वर्ष भित्रमा करिब २ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । जीवन बिमाका लागि तोकिएको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन आइपीओमा जानैपर्नेछ । त्यसो त बिमा कम्पनीले सर्वसाधारणमा पनि सेयर बिक्री गर्नुपर्ने प्रावधान छ । सञ्चालनमा आएका ५ जीवन बिमा कम्पनीले बिमा समितिलाई बुझाएको चुक्ता पुँजी विवरण अनुसार हाल आइएमई लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । न्यूनतम २ अर्ब रुपैयाँ पुर्याउन ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनुपर्छ । यस्तै, युनियन लाइफ र ज्योति लाइफ दुवैको १ अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ । यिनीहरुले पनि तोकिएको चुक्ता पुँजी पुर्याउन ४९ करोड ५० लाख रुपैयाँका दरले आइपीओ ल्याउनुपर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment